कमल ÷ होलसेल व्यवसायी संघ दमकले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।
संघले झापाको कमल गाउँपालिका २ क्याम्पा स्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आइतबार एक कार्यक्रमका बिच न्यानो कपडा अन्तर्गत स्वटर वितरण गरेका हो ।
विद्यालयमा बाल कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत सम्पूर्ण बालबालिकाहरूलाई संघले स्वटर वितरण गरेको व्यवसायी राम रिमालले जानकारी दिनुभयो ।
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपाने लगायतको उपस्थितमा न्यानो कपडा बितरण गरेको संघले जनाएको छ ।
होलसेल व्यवसयी संघ द्वारा आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक हिमप्रसाद दाहालले सङ्घलाई धन्यवाद तथा आभारव्यक्त गर्नु भएको थियो । 