कमल÷ निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन कमलको प्याब्सन स्पोर्ट मिट २०८० सम्पन्न भएको छ ।
यसैक्रममा झापा प्याब्सनको आयोजना तथा कमल प्याब्सनको संयोजनमा सम्मपन्न पालिका स्तरीय खेलकुद प्रतियोग सम्पन्न भएको हो ।
प्रतियोगिता कमल ३ स्थित केर्खा खेल मैदान र कमल ५ स्थित आदिबाशी रंगशालामा मा आयोजना गरिएको प्रतियोगितामा छात्र तर्फको भलिवल खेलमा प्रथम पाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय लालिमा आवाशिय माध्यमिक विध्यालय भएको छ । त्यस्तै छात्रा तर्फको भलिवल प्रतियोगितामा प्रथम लालिमा आवाशिय माध्यमिक विध्यालय, द्वतिय निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय पाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुल भएको खेल संयोजक सागर बरालले जानकारी दिनु भयो ।
त्यस्तै १५ वर्ष मुनिको छात्र तर्फको फुटवल खेलमा प्रथम फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय साउथपोल ईङ्गलिस वोडिङ्ग स्कुल भएका छन् , भने १२ वर्ष मुनिको छात्र तर्फको प्रतियोगितामा प्रथम विध्यासदन ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय लालिमा आवाशिय माध्यमिक विध्यालय र तृतिय साउथपोल ईङ्गलिस वोडिङ्ग स्कुलले उपाधी जितेको संयोजक बरालले बताउनु भयो ।
छात्र तर्फको छेलो हान्ने प्रतियोगितामा प्रथम स्टार ईङ्गलिस वोडिङ्ग स्कुल, द्वतिय निहारीका ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय साउथपोल ईङ्गलिस वोडिङ्ग स्कुल तथा छात्रा तर्फको प्रतियोगितामा प्रथम निहारिका ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय लालिमा आवाशिय माध्यमिक विध्यालय र तृतिय फोनिक्स ईङ्गलिस वोडिङ्ग स्कुल ले उपाधी जितेका छन् ।
त्यसैगरी क्रिकेट तर्फको प्रतियोगितामा प्रथम नवोदय ईङ्गलिस वोडिङ्ग स्कुल द्वतिय विध्यासदन ईङ्गलिस वोडिङ्ग स्कुल र तृतिय पाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुलले उपाधी जितेको हो । विजेता विध्यालय र खेलाडीले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
पालिका स्तरिय प्रतियोगितामा छनौट भएका खेलाडीले आगामी माघ १२ र १३ गते सम्मपन्न हुने जिल्ला स्तरिय प्याब्सन स्पोर्ट मिट २०८०मा सहभागी हुनेछन् । प्रतियोगितामा कमल गाउँपालिकामा रहेको १९ वटा संस्थागत विद्यालयका विद्यार्थीले बुटवल, भलिबल, क्रिकेट, छेलो हान्ने, टिटी, दौड लगायतका खेलमा प्रतिष्पर्धा गरेका थिए ।
कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले यस्ता प्रतियोगिताले विध्यार्थीको शिक्षण सिकाईका साथै आन्तरिक क्षमता प्रस्तुत गर्ने आसर प्राप्तहुने भएको हुदा प्रतियोगीतामा सहभागीहुने बिध्यालय र बिध्यार्थीलाई धन्यवाद दिनुभयो ।
प्याब्सन कमलका अध्यक्ष बदीराम राईले प्रतियोथिता सन्चालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण शिक्षक, विध्यार्थी , अफिसियल टिम लगायत सम्पुर्णलार्य धन्यवाद दिर्दै प्रतियोगिता सन्चालन गर्ने क्रममा केहि गल्ति कमजोरी भएमा त्यसलाई सच्याउदै आगामी दिनमा अगाडी बढ्ने बताउनु भयो ।
कार्यक्रमको सञ्चालन प्यासन कमल सचिव दीपक संग्रौला गर्नु भएको थियो ।