logo
शुक्रबार, साउन २९ २०८३

प्रतिबन्धित लागुऔषध र अट्टो सहित ३ जना मानिस प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • शुक्रबार, मंसिर २९ २०८०

कमल ÷ प्रहरीले प्रतिबन्धित लागुऔषध र अट्टो सहित ३ जना मानिस नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधका साथमा अट्टो सहित ३ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दमक नगरपालिका वडा नं. ७ हनुमान मन्दिर स्थित पशुहाटबाट विहिवार साँझ ६ बजे बेलडागी तर्फ जादैं गरेको को १ ह ९७४५ नं. को अट्टोलाई चेकजाँच गर्दा अट्टोको डिकिमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५१ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अटो चालक दमक नगरपालिका वडा नं. १ बस्ने बर्ष ३५ वर्षिय प्रकाश श्रेष्ठ साथै अट्टोमा सवार सोही स्थान. बस्ने बर्ष २३ को अर्जुन लिम्बु र निजकै श्रीमती वर्ष २७ की मनिसा लिम्बू समेतलाई अट्टो सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend