झापा ÷ पातन्जल योग समिति नेपालको तेस्रो राष्टिय महाधिवेशन बाट बालमुकुन्द सुवालको अध्यक्षतामा सर्वसम्मत केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।झापा जिल्लाको दमक नगरपालिकामा सम्पन्न सो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नबराज काफ्ले, महासचिवमा होम प्रसाद गौतम,उपाध्यक्षहरु क्रमशः केशब ताम्राकार,रामनाथ अधिकारी,कमला गुरुङ,दिपक प्रसाद नेपाल,महिला उपाध्यक्षमा शृजनामल्ल ठकुरी,कोषाध्यक्षमा गीता प्रसाद नेपाल,सचिव सुशिला श्रेष्ठ,सदस्यहरुमा योग प्रसाद आचार्य,कपिल शाही,हरि ॐ अधिकारी,बुद्धलक्ष्मी किसी,मेनुका प्रधान,देवराज गिरि,उर्मिला ढकाल,बालकृष्ण प्रधान,निरा दाहाल,हेमा प्रजापति,मैयाँ मल्ल,यादव प्रसाद गजुरेल,अम्बिका खड्गी,प्रेमकाजी श्रेष्ठ,मगलादेवी बज्राचार्य,हेमन्ती देवी गजुरेललाई चयन गरेको संस्थाका नवनिर्वाचित महासचिव होम प्रसाद गौतमले अवगत गराउनु भएको थियो ।

अध्यक्षम बालमुकुन्द सुवाल
त्यसैगरि महाधिवेशन बाट माननीय होम बहादुर थापा, गङ्गा प्रसाद ढकाल,प्रदिप कुमार श्रेष्ठ,लिला निरौला,जानुका देवी भट्टराई,शंकर मानन्धर,केशव सुवाल,अमिर श्रेष्ठ,अम्बर रत्न बज्राचार्य,सुमिन्द्र यादव,भगलु महतोलाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरिएको छ ।
त्यसैगरि केन्द्रिय समितिको गतिविधिमा थप प्रभावकारिता ल्याउन विभिन्न विभागहरु गठन गरि जिम्मेवारी समेत तोकिएको छ । प्रशिक्षण विभाग प्रमुखमा सुवर्णलाल चित्रकार,सोही विभागको सदस्यमा महेश लामिछाने,सुचना सञ्चार तथा प्रकाशन एवं प्रविधि व्यवस्थापन विभागमा उमानाथ भण्डारी र सुधा पोखरेल,साँस्कृतिक विभागमा विष्णु परियार र डम्बर ढकाल,महिला विभागमा रन्जिता हमाल,कान्छी प्रजापति र प्रेमकला घिमिरे ढुङ्गानाले जिम्मेवारी प्राप्त गनुृ भएको छ ।
पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले विधानत पातञ्जल योग समिति नेपालको ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्थापन भएको उल्लेख गर्दै केन्द्रीय कार्यसमितिको रिक्त पदमा केन्द्रीय कार्यसमितिको वैठकबाट मनोनित गर्ने गरि महाधिवेशनबाट अख्तियारी लिएको समितिले जनाएको छ ।
पातञ्जल योग समिति नेपालका संस्थापक अध्यक्ष सुदर्शन सुवेदीले निर्वाचित सम्पुर्ण पदाधिकारी सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
सो महाधिवेशनका विच जिपी तिवारीको अध्यक्षता सल्लाहकार सहित १३ सदस्यीय कोशी प्रदेश कार्यसमिति समेत सर्वसम्मत चयन गरिएको थियो ।
जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजको बाहुलीबाट उदघाटन गरिएको राष्टिय महाधिवेशन कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्री माननीय गणेश उप्रेती,माननीय होम बहादुर थापा,माननीय मिना श्रेष्ठ,दमक नगर प्रमुख राम बहादुर थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।
मसिंर १५,१६ र १७ गते गरि सम्पन्न गरिएको तेस्रो राष्टिय महाधिवेशनको अवसरमा ३ दिने निःशूल्क योग विज्ञान शिविर,रक्तदान एवं निःशुल्क स्वास्थ्य परिक्षण,योगजीवनशैली विषयक अन्र्तक्रिया कार्यक्रम,हजारौ सहभागीताका विच दमक नपाको सडकगल्लीमा योग प्रभात फेरि लगायतका कार्यक्रमहरु पनि सम्पन्न गरिएको पातञ्जल योग समिति नेपाल दमक नगर समितिका अध्यक्ष अम्बर बस्नेतले नवीन आवाजलाई जानकारी गराउनु भएको थियो ।
पातञ्जल योग समिति नेपालको राष्टिय महाधिवेशन सम्पन्न गर्न केहि समय अगाडी केन्द्रीय कार्यसमिति वैठकबाट पातञ्जल योग समिति नेपालका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष नबराज काफ्लेको संयोजकत्वमा राष्टिय महाधिवेशन आयोजक मूल तयारी समिति गठन गर्दै कार्यारम्भ गरिएको थियो । केन्द्रीय सचिवालय पदाधिकारी पदेन सदस्य रहेको सो समितिमा प्रदेश तयारी समितिमा संयोजनको लागि उपाध्यक्ष एवं कोशी प्रदेश ईन्चार्ज होम प्रसाद गौतमलाई जिम्मेवारी तोकेको थियो ।