logo
मंगलबार, कार्तिक ११ २०८३

लुखिरामले गरे झुन्डिएर आत्महत्या 


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर ४ २०८०


कमल । झापाको कमल गाउँ पालिका ३ केर्खामा एक जना पुरुषले  झुन्डिएर आत्महत्या गरेको छन् ।
आत्महत्या गर्नेमा सोहि वडाको गोसलाईन निवासी अन्दाजी ५० वर्षीय लुखिराम हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

हस्दाले केर्खा बजार उत्तर रहेको रतुवामाई वृक्षा रोपन आयोजनाको जङ्गलमा झुन्डिएर आत्महत्या गरेका हुन् ।  आत्महत्या  गरेको हास्दालाई  स्थानीय वासीले बिहान ७ बजे देखेर प्रहरीलाई खबर गरेका थिए ।


श्रीमती, दुई छोरा र एक छोरीका साथ बस्दै आएका हस्दाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ । उनी मिस्त्री काम गरेर परिवारको पालन पोषण  गर्दै आएका थिए ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend