कमल÷ झापाको कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकअउट फुटबल प्रतियोगीको तेश्रो दिनको खेलमा वडा नम्बर ३ लाई शून्यको विरुद्ध ३ गोल गर्दै वडा नम्बर ४ विजयी भएको छ ।
वडा नम्वर ४ का तर्फ बाट लक्षण बेघा, दिवश गुरुङ्ग र रोनिश राईले एकएक गोल गर्न सफल हुनुभएकोे थियो ।
खेलको म्याद अफ दी म्याच वडा नम्वर ४ का प्रविन तामाङ्ग हुनुभएको थियो वहाँलाई वडा नम्बर ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराईले नगद, ट्रफि ,प्रमाण पत्र र मेडल प्रदान गर्नु भएको थियो ।
आज विहिवार बाट सेमी फाईनल खेल सुरु हुनेछ जसमा वडा नम्वर ५ र ६ का बिच प्रतिष्पर्धा हुने सचिव बिक्रम निरौलाले जानकारी दिनुभयो ।
खेल वडा नम्बर ७ विष्णुकठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा भैरहेको छ ।