logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा यात्रु सहायता कक्ष स्थापना


  • कुइनेटो न्युज
  • शनिबार, असोज २७ २०८०

कमल ÷ चाडवाडको बेला सार्वजनीक यातायातमा हुन सक्ने विभिन्न अपराधीक गतिविधीलाई घटनालाई रोक्न ट्राफिक प्रहरी पोष्ट केर्खाले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
विषेश गरेर चाडवाडको समयमा यात्रुवाहाक सवारी साधनमा भिडभाडहुने र त्यसको भौका छोपेर विभिन्न अपराधिक घडना हुने भएकोले त्यसलाई न्युनिकरण गर्न यात्रु सहायता कक्ष स्थापना गरेको ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक अनिष खड्काले बताउनु भयो ।
चाडवाडको समयमा हुने भिडभाडको मौकाछोपी यात्रुवहाक बसमा बढी भाडालीने यात्रुका सामान छरपष्ट बनाउने बिच बाटोमा ओराल्ने जस्ता गतिविधि भएका तुरुन्त हर्टलाई नम्वरमा सम्पर्क गर्न समेते ट्राफिक प्रहरीले अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा जनप्रतिनिधी, स्थानिय समाजसेवी, शिक्षक, टोलविकास सस्थाका प्रतिनिधीरुको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend