logo
शुक्रबार, साउन २९ २०८३

‘विश्वविद्यालयसँग सम्वन्धि अवधारणनै विकास गर्न जरुरी’


  • गोपाल झापाली
  • शनिबार, असोज २७ २०८०

काठमाडौ । नेकपा एमाले राष्ट्रिय सभा संसदीयदलका नेता देवेन्द्र दाहालले नेपालमा विश्व विद्यालयसँग सम्वन्धित अवधारणनै विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।
शुक्रबार राष्ट्रिय सभामा शहिद दथरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयकमाथि धारणा राख्ने क्रममा उहाँले विश्व विद्यालयप्रतिको धारणा विकास गरेर जानु पर्ने बताउनु भएको हो ।
सवै स्वास्थ्य विज्ञान प्रतिष्ठान हरुलाई समेट्ने गरि कानून बनाउन जरुरी रहेको भन्दै नेता दाहालले भर्खरै मात्रै नेपाल विश्व विद्यालय विधेयक सभाबाट पारित भएको स्मरण गराउँदै छुट्टा छुट्टै विषयसँग सम्वन्धित विश्व विद्यालय बनाउँदा उचित हुने उहाँको राय थियो । उहाँले भन्नुभयो, ‘चिकित्साशिक्षातर्फ छुट्टै विश्व विद्यालय आवश्यक भएको कुरालाई नकार्न सकिदैन तर पनि चिकित्सा विज्ञान भनेर छुट्टाछुट्टै विश्व विद्यालय बनाउने कि नबनाउने भन्ने विषय पनि सोचनिय विषय छ ।’
गेटा विश्वविद्यालयको नामले चर्चित सुदुर पश्चिमका बासिन्दाको सपनाको परियोजनाको रुपमा रहेको विश्व विद्यालय विधेयकलाई अन्तिम रुप दिँदा उल्लेखित विषयहरुलाई ध्यानदिन सभाध्यक्ष मार्फत उहाँले शिक्षामन्त्रीको ध्यानाकर्षणपनि गराउनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend