logo
शुक्रबार, साउन २९ २०८३

स्थानीयता कर्मचारीहरूको आन्दोलन रचनात्मक बन्दै


  • उमानाथ भण्डारी
  • शुक्रबार, असोज २६ २०८०

कमल ÷ स्थानीयता कर्मचारीहरूको आन्दोलन रचनात्मक बन्दै गइरहेको छ ।
केन्द्रिय समितिको सर्कुलर अनुसार स्थानीय तहका कर्मचारीले पेन डाउन गरेर अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेर विरोधमा उत्रिएका छन् । यो आन्दोलनलाई रचनात्मक बनाउँदै अझ सशक्त बनाउने आन्दोलनरत कर्मचारीले बताएका छन्
यसैक्रममा आज झापाको कमल गाउँपालिकाका १६ जना कर्मचारी र १ जना सेवा ग्राहिले गरी जम्मा १७ जनाले रक्तदान गर्नु भएको छ ।
१२ औं दिन देखी हामी आन्दोलनमा छौ । हाम्रो आन्दोलनमा सबैको ध्यान पुगोस् भनेर आज हामिले रक्तदान गरेका हौ । सबै कर्मचारीलाई भेदभाव नगरी एकरूपता होस् भन्ने उद्देश्यले विभिन्न राखेर हामी आन्दोलनमा लागेको कमल गाउँपालिका लेखा शाखा प्रमुख तथा कमल गाउँपालिका स्तरीय संघर्ष समितिका कोषाध्यक्ष सृजना राईले बताउनु भयो ।
संघीय निजामती सेवा विधेयकको विरोधमा विभिन्न माग राखेर कर्मचारीहरु विरोधमा उत्रिएका हौं । हामिले सबै कर्मचारी बिच समानता खोजेका हौ । आफूहरूले आन्दोलन गरिरहँदा सेवा ग्राहीका पर्न गएको असुविधालाई पनि हामिले बुझेका छौ र भोलि त्यसलाई पुरा गरेर छाड्ने कमल गाउँपालिका प्रशासन शाखा प्रमुख सार्थक घिमिरेले बताउनु भयो ।
स्थानीय तहमा कार्यरत संघीय कानून बमोजिम समायोजन भएका, लोक सेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका प्रदेश लोक सेवा आयोगबाट सिफारिस नियुक्ति भएका र साविकका स्थानीय तहका कर्मचारीहरू सहर हुनुपर्ने लगायतका मागहरू रहेका छन् ।
.त्यसैगरी तिनै तहका कार्यरत कर्मचारी पाँच पाँच वर्षमा न्यूनतम् योग्यता पुगेको अवस्थामा बढुवा हुनु पर्ने ऐनमा व्यवस्था गरिनु पर्ने, तिनै तहमा कार्यरत कर्मचारीलाई जुन सुकै तहको विज्ञापनमा उमेर हद लागू नहुने र सेवा अवधि जोडिनु पर्ने व्यवस्था गरिनु पर्ने तथा
स्थानीय तहका कर्मचारीको हकमा योगदान आधारित निवृत्तिभरण कोषको व्यवस्था संघ सरकार बाट व्यवस्था हुनु पर्ने,स्थानिय तहका कार्यरत बहालवाला कर्मचारीहरूका सन्तानलाई शैक्षिक प्रोत्साहन उपलब्ध गराउनु पर्ने लगायत माग रहेको अर्का कर्मचारी प्रमुख तुलसी ओझाले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend