कमल ÷ झापाको कमल गाउँपालिकाल वडा स्तरिय नकआउट फुटवल प्रतियोगिता साञ्चालन हुने भएको छ ।
फुटवल प्रतियोगिता यहि असोज २९ गते बाट कात्तिक ४ गते सम्म कमल गाउँपालिका वडा नम्वर ७ विष्णुकठा स्थित श्री सिंहदेबी आधारभुत विध्यालयको खेल मैदानमा हुने कमल गाउँपालिका खेलकुद विकास समितिले केर्खामा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो ।
गाउँपालिकाका ७ वटै वडा बाट प्रतियोगितामा सहभाहुने छन् । प्रतियोगितामा प्रथमहुने टिमले नगद ४० हजारका साथै प्रमाण पत्र,मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वतिय हुने टिमले नगद २५ हजारका साथै प्रमाण पत्र,मेडल र ट्रफि प्राप्त गर्ने छ । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोल रक्षक लाई समेत प्रमाण पत्र,मेडल र ट्रफिले सम्मान गरिने खेलकुद विकास समितिका संयोजक सन्त बहादुर मगरले जानकारी दिनु भयो ।
खेलकुदको क्षेत्र बाट आफ्नो परिचय झल्काउदै आगामी दिनमा पालिका स्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गर्नकालागी खेलाडी उत्पादन गर्ने उद्येश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक मगरले बताउनु भयो ।
त्यसैगरी यो प्रतियोगिता बाट उत्कृष्ट खेलाडीलाई छनौट गरी नियमित प्रशिक्षण दिने समेत कार्यक्रम रहेको सह संयोजक तेजु राईले बताउनु भयो ।
सधै राजमार्ग केन्द्रित हुने प्रतियोगितालाई यो पटक ग्रामिण क्षेत्रमा सन्चालन गरिने छ । यसले ग्रामिण क्षेत्रमा रहेका फुटवल प्रेमिलाई समेत मनोरन्जन दिने समितिका सचिव बिक्रम निरौलाले बताउनु भयो ।