दमक । जनताले दिएको जनादेश राजनीति दलहरूले स्वीकार नगर्दा जनतामा वितृष्णा बढेको कोशी प्रदेशको कार्यवाहक सभामुख सिर्जना दनुवारले बताउनु भयो ।द्वन्द पिडित महिला राष्ट्रिय सन्जाल कोेशी प्रदेशले आज विराटनगरमा महिला शान्ति सुरक्षा सम्वन्धी सयुत्त राष्ट्र संघको प्रस्ताव न।१३२५ रङ १८२० को दोसे राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यन्वयनमा सरकारको भुमिका र हाम्रो दायित्व विषयक सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गदै उपसभामुख समेत रहनु भएकी दनुवारले कोशी प्रदेशको सरकार ढल्ने बनाउने खेलले कोशी प्रदेशवासी निरास भएको बताउनु भएको हो ।दलहरू मिलेर प्रदेश सरकारलाई स्थायी बनाएर जनताको निरासालाई आशामा बदल्नु पर्ने उहाँको सुझाव छ ।
द्वन्द पिडित महिला सन्जाल कोेशी प्रदेश अध्यक्ष राम कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले द्वन्द्व कालमा मारिएकाहरूको परिवारलाई आत्म सम्मान हुने न्याय दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा सहभागी प्रदेशका आर्थिक मामिला तथा योजना राज्य मन्त्री निरन राईले कागजमा भएको कानुनलाई ब्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।
प्रदेशको मन्त्री परिषदको बैठकमा द्वन्द्व पिडितको समस्या उठाउने राईले प्रतिवद्वता जनाउनु भएको थियोे ।
प्रदेशको सामाजिक विकास राज्य मन्त्री सिर्जना राई, सासद सपना परियारले द्वन्द्वकालमा भएको घटनको अभिलेख राख्नुपर्ने बताउदै द्वन्द्वका घटना सामधान गर्न पहल गर्ने बताउनु भयो ।
ईन्सेकका सोमराज थापा , जिल्ला समन्वय समिति मोरङ उपप्रमुख उषा झा, गैर सरकारी संस्था महासंघ मोरङ अध्यक्ष लखन लाल शाह ,राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश संयोजक पवन भट,द्वन्द्व पिडित देवी सुनुवार लगायतले अधिकार रअर्थपूर्ण सहभागीताको विषयमा धारणा राख्नु भएको थियो ।
सञ्जालकी महासचिव सुशीला चौधरीले द्वन्द्व पिडित तथा प्रभावित महिला र वालिकाको सम्मान सहभागी लगायतका विषयमा सहजीकरण गर्नु भएको सञ्जालको कोशी प्रदेश कमिटी अध्यक्ष रामकुमारी राईले जानकारी दिनु भयो ।