सिंह राशीका चन्द्रमा अनुसार तयार पारिएको राशीफल प्रस्तुत छ ।
#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन् । सान्दर्भिक कार्यको आरम्भले गर्दा धेरै व्यक्तिको साथ सहयोग पाइनेछ । हर्षको खबर मिल्नेछ ।
#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
बोलीको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । देशदेशान्तरसम्म प्रभुत्व जमाउन सकिनेछ ।
#मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
आम्दानीका स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानीले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ । व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।
#कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
अचल सम्पत्ति जोड्ने योग बनेको छ । आर्थिक अवस्था बलियो रहँदा लगानी गर्न सकिनेछ । द्वितीयेश चन्द्रमाले सामान्य अन्योलको अवस्था सिर्जना गर्न सक्छ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ ।
#सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ।
#कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
स्वास्थ्य समस्याले सताउनेछ । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउनेछन् । आर्थिक अवस्था कमजोर बन्नेछ । नयाँ कार्य थाल्दा मातृपक्षको साथले थाल्नु होला ।
#तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउनेछन् । सहनशीलता र क्रियाशीलताको वृद्धि विकास हुनेछ । सकारात्मक सोच विचार रहनेछ ।
#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारिताका कदर हुनेछ भने विशेष कार्यको जिम्मेवारीसमेत मिल्नेछ । बाहन सुख मिल्नेछ । सिर्जनात्मक कार्यमा मन जानेछ ।
#धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
हर्षको खबर मिल्नेछ । आत्मकारक ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्नेछ ।
#मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
प्रतीक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । अष्टमेश चन्द्रमा ग्रहले गर्दा असन्तोषी प्रवृत्ति रहनेछ । आर्थिक आम्दानी भए तापनि सही स्थानमा लगानी गर्न सकिने छैन । आफन्तजनसँग टाढिनु पर्नेछ ।
#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
विद्यार्थी वर्गका लागि उन्नतिकारक समय रहेको छ । असहज परिस्थितिको अन्त्य हुनेछ । बौद्धिक क्षमताको वृद्धि विकास हुनेछ । पारिवारिक सहयोगले कार्य बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ ।
#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
श्रमको सही मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । सानातिना समस्या आए तापनि मान्यजनको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन् । व्यवसायबाट सन्तुष्टि मिल्नेछ । संयम रहेर कार्य गर्नुहोला ।