logo
शुक्रबार, साउन २९ २०८३

लायन्स क्लब अफ केर्खा द्वारा वृक्षारोपण साथै सहयोगको निम्ति दान पेटिकाको स्थापन


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र १४ २०८०

कमल । लायन्स क्लब अफ केर्खा र लिओ क्लब अफ केर्खाको आयोजनामा आज फलफूलका बिरुवा वृक्षारोपण गर्नुका साथै दुःख परेका व्यक्तिलाई सहयोगको निम्ति दान पेटिकाको स्थापना गरेको छ ।
लायन्सको आयोजनामा सम्पन्न प्रहरी चौकी केर्खाको खुला जमिनमा स्थानीय जातमा फलफूल कटहर, सरिफा, अमला, बेल लगायतका १० प्रजातिका ५० वटा भन्दा बढी बिरुवा वृक्षारोपण गरिएको लायन्स क्लब अफ केर्खामा पुर्व अध्यक्ष देवेन्द्र दाहाल (देवु) ले जानकारी दिनुभयो ।
त्यस्तै तपाईंको दुःखमा हाम्रो साथ भन्ने अभियान सुरु गर्दै दुःख परेका घरमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ दान पेटीका राख्न सुरु गरिएको दाहालले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले वृक्षा रोपण जस्तो महान कार्य गरेकोमा शुभकामना दिदै आगामी दिनमा समेत अझ राम्रो कामकालागी शुभ कामना दिनु भयो ।

लायन्स क्लब अफ केर्खामा अध्यक्ष लायन टेकराज तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय प्रमुख लायन रामचन्द्र बराल, प्रहरी चौकी केर्खामा इन्चार्ज राजकाजी कटुवाल लगायतले कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend