कमल ÷ तेस्रो कार्यकालकालागी अध्यक्षमा पुन शान्ता उप्रेती दाहाललाई चयन गर्दै उद्यमशील महिला जागरण केन्द्रको पाचौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ३ केर्खा स्थित सस्थाको सभाहलमा सम्पन्न अधिवेशन बाट समितिको उपाध्यक्षमा बेदमाया वाग्ले, सचिव नन्द कुमारी लिम्बु, सह सचिव हिमा ढुङ्गेल,कोषाध्यक्ष बिष्णुमाया आचार्य गौतम निर्बिरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक अधिबक्ता बिमल संग्रौलाले जानकारी दिनुभयो ।
त्यसैगरी समितिको सदस्यमा झुमा सेडाई,सावित्रा पौडेल,ईन्दिरा गौतम,विमला सेर्पा,कल्पना पौडेल दाहाल र चन्द्रा नेपाली समेत निर्वाचित हुनुभएको संयोजक संग्रौलाले बताउनु भयो ।
त्यस्तै लेखा समितिको संयोजकका यसोदा पौडेल दाहालतथा सदस्यमा गोमा तिम्सिना र टिका थापा निर्वाचित हुनुभएको छ भने सल्लाकार समितिको संयोजकमा हुमा वाँसतोला र सदस्यमा कृष्णमायाँ खतिवडा र रन्जु श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
साधारणसभा केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा र कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।