logo
शुक्रबार, साउन २९ २०८३

 भाद्र ५ गतेको राशीफल


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र ५ २०८०


संपर्क 9844639228/9818234776
तुला राशीका चन्द्रमा अनुसार तयार पारिएको राशीफल

मेष
हर्षको खबर मिल्नेछ । शुभ ग्रहको पूर्ण दृष्टि परेको छ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन्।

बृष
साथीभाइसँगको रमाइलो जमघट हुनेछ । जोखिमयुक्त कार्यलाई पनि सरल तरिकाले गर्न सक्दा प्रशंसकहरु बढ्नेछन् ।
मिथुन
अचल सम्पत्ति जोड्ने योग बनेको छ । आर्थिक अवस्था बलियो रहँदा लगानी गर्न सकिनेछ । सामान्य शत्रू भय भने हुन्छ ।

कर्कट
बोलीको कदर हुनेछ । पढाइमा मन जानेछ । अघिदेखिका समस्यालाई हल गर्न सकिनेछ । विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ ।

सिंह
आर्थिक पक्षमा सुधार हुँदा, सहज हुनेछ । भाग्यले साथ दिँदा थालेका अधिकांश कार्यले उचित स्थान पाउनेछन् ।

कन्या
आम्दानीका स्रोतहरु फेला पर्नेछन् । आर्थिक पक्ष बलियो रहनेछ । सानो लगानीले नै धेरै लाभ मिल्दा काम गर्ने हौसला थपिनेछ ।

तुला
कर्म क्षेत्रमा नयाँ परिवर्तन आउनेछ । मायाप्रेमको गाँठो कसिलो बन्नेछ । इमान्दारिताका कदर हुनेछ ।पूर्ण हर्षका साथ दिन बित्ने छ ।

वृश्चिक
सामान्य कार्य भुल्दा गर्नै पर्ने महत्वपूर्ण कार्य अन्योलमा पर्नेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्दा दैनिक कार्यमा समेत समस्या सिर्जना हुनेछ ।
धनु
आज विजयी हुने दिन रहेको छ ।बहुप्रतिक्षित कार्य सम्पादन मा सहजता मिल्नुका साथै आर्थिक अवस्था  सुधार हुनेछ ।

मकर
आर्थिक आम्दानी भए तापनि सही स्थानमा लगानी गर्नलाई मुस्किल पर्ला। आफन्तजनसँग टाढिनु पर्छ ।समय सामान्य रहेको छ । दिनको उत्तरार्ध भने सन्तोष जनक नै रहन्छ ।

कुम्भ
व्यवसायबाट आत्मसन्तोष मिल्नेछ । शैक्षिक क्षेत्रमा समेत उन्नतिको होला ।नोकरीमा प्रशंसा एवं अवसर मिल्नेछ । छोटो रमाइलो यात्राको अवसर मिल्ने छ ।

मीन
स्वास्थ्य समस्याले सताउनेछ । काम गरेर जस नमिल्दा नैराश्यता छाउनेछ । विपक्षीले कमजोरीको फाइदा उठाउनेछन्
प्रतीक्षित नतिजामा गिरावट आउँदा, चिन्ता बढ्नेछ । 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend