logo
शुक्रबार, साउन २९ २०८३

ट्राफिक प्रहरी पोष्ट केर्खा द्वारा जेब्राक्रस निर्माण


  • कुइनेटो न्युज
  • शुक्रबार, भाद्र १ २०८०

कमल । पछिल्लो समय मुख्य राजमार्गका साथै भित्री सडकमा समेत सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या बढी रहेको छ ।
दैनिक रुपमा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीले चोक बजार , विध्यालय क्षेत्र , बढी भिडभाडहुने स्थानमा जेब्राक्रस निर्माण गर्ने कार्यलाई तिव्रता दिएको छ ।
यसैक्रममा ट्राफिक प्रहरीले पोष्ट केर्खाले कमल गाउाँपलिका ५ स्थित श्री सिद्धदेवी आधारभुत विध्यालय अगाडी जेब्राक्रस निर्माण गरेको छ ।
सडक संग जोडिएको विध्यालमा बिहान र बेलुका विध्यार्थिकका कारण बढी भिडभाड हुने र सो समयमा दुर्घटना हुनसक्ने सम्भावना भएकोले त्यसलाई न्युनिकरण गर्नकालागी जेब्राक्रस निर्माण गरेको ट्राफिक प्रहरी पोष्ट केर्खाका ट्राफिक प्रहरी भोजराज चौलागाईने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend