झापा । राधामाधव सेवा समितिबिर्तामोड(झापा) को अध्यक्षमा भु–विक्रम बस्नेत चयनभएका छन् ।
संस्थाको प्रथम साधारण सभाबाट बस्नेत अध्यक्षमाचयनभएकाहुन् । राधामाधव सेवा समितिकाजग्गादाता समेत रहेका बस्नेत सामाजिक क्षेत्रमाक्रियाशिलब्यक्तिहुन् ।
समितिको उपाध्यक्षमाबिर्तामोड निवासीदुर्गादेवी ढकाल, सचिवमाकमला खरेल कार्की, कोषध्यक्ष विष्णुमाया खरेल पाण्डे र सह–सचिवमाशिवकुमार प्रसाई चयनभएका छन् ।
समितिको सदस्यमा टीकारामओझा, रामप्रसादन्यौपाने, गिताकार्की, विमला बस्नेत र झुमा बस्नेत रहेका छन् । त्यस्तै राधामाधव सेवा समितिको संरक्षकको रुपमा बिनु गिरी चयनभएकी छन् भने विद्धत समाजको संयोजकमा रामप्रसाददुलालचयनभएका छन् । दुलालको संयोजकत्वमा २१ सदस्य समिति रहने छ ।सदस्यमा विष्णु तिक्सिना, मदन पाण्डे, डम्बर बिकली, गिता प्रसाई लगायत छन् ।
श्ुनिल क्षेत्री संयोजक रहेको डीवाईसी समेत गठन भएको छ । गठित समितिकापदाधिकारी पछि थपहुने बताइएको छ ।
राधामाधव सेवा समितिबिर्तामोड जिल्लाप्रशासनकार्यालयमादर्ता रहेर धार्मिक आध्यात्मिकतथा समाजिककार्य गर्दै आएको बताइएको छ ।
नेपालपत्रकार महासंघ कोशीप्रदेश कार्यसमिति सदस्यतथापूर्वाञ्चल दैनिकका सह–सम्पादक सुरेन्द्र भण्डारीको प्रमुखआतिथ्यमाभएको साधारण सभामा संस्थाकानिर्वतमानअध्यक्ष रामप्रसाददुलालले संस्थाको गतिविधिकाविषयमाप्रकाशपारेकाथिए । उनले संस्थाले आर्थिक वर्ष २०८०–८१ मा राधामाधव सेवा समितिको नाममाजग्गाप्राप्तगर्ने र संस्थालाई आवश्यक पर्ने जग्गादाता भू–विक्रम बस्नेत र बिमला बस्नेतले प्रदान गरेकाले संस्थाकानाममाल्याइने बताए । त्यस्तै सोहीजमिनमा सत्सङ भवननिर्माण थालिने बताए । संस्थालाई फर्निचर लगायत साधनाकाअन्य सामानको समेत आवश्यक परेकाले सो को ब्यवस्थापन गरेर जति सक्दो चाँडो सत्सङ भवननिर्माण गर्ने बताए । उनले जगत गुरु स्वमी हरिदास महाराजको प्रेरणाले महाराजका भक्तबाटै सहयोग संलकनगर्दै भनवनिर्माण गरिने बताए । उनले सबै महाराजकाभक्तलाई सहयोगको अपिल समेत गरे । संस्थाकाउपाध्यक्षबिमला बस्नेतले स्वागत र कोषध्यक्ष विष्णुमाया खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा टीकारामओझा, मुकुन्दकुमारी ढकालले जगत गुरु कृपालुजीमहाराजकाबारेमाधारणा राखेकाथिए ।
राधामाधव सेवा समितिको सत्सङ भवननिर्माणमा सहयोग पु¥याउने उद्धेश्यले कार्यक्रमकाप्रमुखअतिथी समेत भण्डारीले नगदपाँचहजार रुपैंया सहयोगको घोषणा गरेकाथिए । कार्यक्रमको सञ्चालन सचिवदुर्गादेवी ढकालले गरेकीथिइन् ।