logo
शुक्रबार, साउन २९ २०८३

ट्राफिक प्रहरी पोष्ट केर्खाको अनुरोधमा जनचेतना मुलक होडिङ्ग वोर्ड


  • कुइनेटो न्युज
  • मंगलबार, साउन १६ २०८०

कमल । ट्राफिक प्रहरी पोष्ट केर्खाको अनुरोधमा जनचेतना मुलक होडिङ्ग वोर्ड राखीएको छ ।
ट्राफिक प्रहरी पोष्ट केर्खाको अनुरोधमा तथा एन्टिक्यु सप्लायर्स एण्ड ट्रेडर्सको सौजन्यमा हेल्मेट (HELMET) किन ? र ओभरटेक गर्ने तरिका सम्बन्धि जनचेतना मुलक सन्देश लेखिएको होडिङ्ग वोर्ड राखिएको हो । वोर्ड प्रहरी चौकी केर्खा र ट्राफिक प्रहरी पोष्ट केर्खा को अगाडी राखिएको छ ।
अंग्रेजी शब्द हेल्मेटको अर्थ अनुसार चालकले आफ्नो टाउको, कान, ओठ, मुख ,आँखा र दाँत लगायको सुरक्षाकालागी हेल्मेट अनिवार्य प्रयोग गर्नु पर्ने बोर्डमा उल्लेख गरिएको छ ।
त्यस्तै ओभरटेक गर्दा पनि साईड दिने सवारी साधनले बायाँ तर्फको साईड लाईट बालेर मात्र आफ्नो सवारीको गति घटाउनु पर्छ भने ओभरटेक गर्ने सवारी साधनले दायाँ तर्फ बाट साईड लाईट बाल्दै ओभरटेक गर्नुपर्ने हुन्छ भने ओभरटेक गरी सकेपछी बायाँ तर्फ को साईडलाईट बाल्दै पुन आफ्नो लेनमा आएर अगाडी बढ्नुपर्ने वोर्डमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend