logo
शुक्रबार, साउन २९ २०८३

 श्रावण ७ गतेको राशीफल


  • कुइनेटो न्युज
  • आइतबार, साउन ७ २०८०

#मेष राशी (चू, चे, चो, ला, ली,लू, ले, लो, अ )
स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

#वृष राशी- (इ, उ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ ।

#मिथुन राशी – (का, की, कु, घ, ङ, छ, के, को, हा)
अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । छरछिमेकीसँग टाढिंदै गएको सम्बन्धमा सुधार आउने छ ।

#कर्कट राशी – (ही, हु, हे, हो, डा, डी,डू, डे, डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन भने सहयोगीहरूले राम्रो साथ दिनेछन । दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन ।

#सिंह राशी – (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन । स्वास्थ्यस्थिति सन्तोषजनक रहने छ ।

#कन्या राशी – (टो, पा, पी, पू, ष,ण, ठ, पे, पो)
आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

#तुला राशी – (रा, री, रू, रे, रो, ता, ती, तू, ते)
व्यवसायिक जीवन यथावत रहने छ । व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ ।

#वृश्चिक राशी-( तो, ना, नी, नू, ने,नो, या, यी, यू)
आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ ।

#धनु राशी – (ये, यो, भा, भी, भू,धा, फा, ढा,भे)
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

#मकर राशी – (भो, जा, जी, जु, जे, जो, खा, खी,खू, खे, खो, गा, गी)
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । कीर्तिमानी काम गर्ने समय छ ।

#कुम्भ राशी- (गू, गे, गो, सा, सी,सू, से, सो, दा)
आर्थिकरूपमा सबल बन्नु हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन । सामाजिक सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन छ । स

#मीन राशी- (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend