कमल । पातन्जल योग समिति दमक नगर समितिले समेत आज नवौं अन्तराष्ट्रिय योग दिवशका मनाएको छ ।
“मानवताका लागी योग” भन्ने नाराका साथ दमक ५ स्थित जेष्ठ नागरिक सम्मान प्रतिष्ठनको सभाहलमा भएको कार्यक्रमको उद्घाटन पातन्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष होम गौतमले गर्नु भएको थियो ।
कार्यक्रममा पाथिभरा जवान तालिम शिक्षालयका प्रहरी उपरिक्षक रमेश कुमार पाण्डे जेष्ठ नागरिक सम्मान प्रतिष्ठनका अध्यक्ष सिताराम खतिवडा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम पातन्जल योग समिति दमक नगर समिति अध्यक्ष हेमन्तिदेवी गजुरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।