logo
शुक्रबार, साउन २९ २०८३

‘सौर्य एयरलाइन्सको टिकट ‘आईएमई पे’मार्फत काट्दा चन्द्रागिरि केबलकार फ्रि


  • एकराज गिरी
  • बिहिबार, जेष्ठ ३२ २०८०

झापा । सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको छ ।

‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए ।
सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने  अध्यक्ष पोख्रेलले बताए ।
झापााको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए । झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend