कमल । तरकारी खेति सम्बन्धि तिन दिने तालिम आज एक औपचारिक कार्यक्रका बिच सम्पन्न भएको छ ।
झापाको कमल गाउँपालिका ५ सिम्लेमा व्यावसायी खेती गर्दै आएका कृषकलाई लक्षित गरेर गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहेको मेचि सामुदायिक सिकाई केन्द्रले सन्चालन गरेको तरकारी खेति सम्बन्धिको तालिम सम्पन्न भएको हो ।
तालिममा ३० जना महिलाको सहभागी रहेको थियो भने तालिमलाई कृषी प्राविधिक टंक कट्टेलले सहजी करण गर्नु भएको थियो ।
केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षतामा सम्पन्न तालिम कार्यक्रममा कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई, ५ नम्वर वडा सदस्य चुरुहाङ्ग लावती लगायतले मन्तव्य राख्नु भएको थियो ।
सचिव दुर्गा प्रसाद नेपालले सन्चालन गर्नु भएको कार्यक्रममा निवर्तमान अध्यक्ष मात्रीका प्रसाद नेपालले शाब्दिक शाब्द द्वारा स्वगत गर्नु भएको थियो ।