logo
मंगलबार, कार्तिक ११ २०८३

केर्खा चौकीमा कुटुवाललाई स्वागत


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ ११ २०८०

कमल । प्रहरी चौकी केर्खामा एक कार्यक्रमका बिच प्रहरी नायब निरीक्षक कटुवाललाई स्वागत गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय झापा बाट प्रहरी चौकी केर्खाको ईन्चार्जको रुपमा सरुवा भई आउनु भएका रामकाजी कटुवाललाई स्थानिय वासीले स्वागत गर्नु भएको हो ।

           ईचार्ज कटुवाल
स्वागत कार्यक्रममा उपस्थित हुनुभएका कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, आदिवाशी जनजाती महासंघका अध्यक्ष बदी राई, कमल उध्योग वाणिज्य संघका अध्यक्ष विरेन्द्र अधिकारी, शिक्षक कुमार खतिवडा, समाजसेवी,युवराज बराल, छत्रहाङ्ग फागो, शेलिना राई, गौरा चापागाँई, बसन्त सुब्बा , विरेन्द्र कुमार याक्थुम्वा लगायतले शान्ति सुरक्षा कायम ,लागुऔषध नियन्त्रण,सवारी दुर्घटना न्युनिकरणका विषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा स्थानिय वासीका तर्फ बाट राखीएको जिज्ञासालाई सबै को साथ र सहयोगमा पुरा गर्ने ईचार्ज कटुवालले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend