logo
शुक्रबार, साउन २९ २०८३

महिलाको क्षमता विकास सम्बन्धि तीन महिने सौन्दर्य तालिम सुरु


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ २ २०८०

बिर्तामोड । युवा पुस्ताका महिलाहरूको क्षमता र सीपको विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले बिर्तामोडमा तीन महिने सौन्दर्य (ब्युटि पार्लर)निःशुल्क सम्बन्धि आधारभूत तालिम शुरू भएको छ ।
बिर्तामोडस्थित महिलामुक्ति अभियान र युनिक मोडल ब्युटिपार्लरको संयुक्त आयोजनामा सञ्चालन गरिने तालिमको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईंले गर्नुभएको थियो ।
महिलामुक्ति अभियानकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रसाई अतिथिहरु किराँत याक्थुङ, चुम्लुङका बिर्तामोड अध्यक्ष हिमाल कन्दङ्वा, नेपाल डोरी तान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा पौडेल, महिला उद्यमी नेपालकी अध्यक्ष शुष्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै सौन्दर्य कला सिकेर आफैंमात्रै प्रयोगमा ल्याउन सकेमात्रै पनि महिलाहरुको सौन्दर्यमा हुने ठूलो धनराशी बचत हुने धारणा राख्नुभएको थियो ।
महिला मुक्ति अभियानकी सचिव पूर्णावती लिम्बुले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि आयोजकका तर्फबा धनु कन्दङ्वाले गर्नुभएको थियाृे । तालिममा झापाका विभिन्न पालिका तथा इलामकासहित ४० जना बढी भएको बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend