logo
शुक्रबार, साउन २९ २०८३

म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख १६ २०८०

शिवसताक्षी । आज म्यानेजर्स क्लब अफ शिवसताक्षीको आयोजनामा १ दिने कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

म्यानेजर्स क्लब अफ शिवसताक्षीका अध्यक्ष एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक समिति सदस्य बिनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाको लेखा सुपरिवेक्षण समितिको संयोजक चुडामणि ओझा र विशेष अतिथ शिवसताक्षी नगरपालिका सहकारी शाखा प्रमुख बद्रिकुमार दाहालले कार्यक्रमको सहजीकरण गरेका थिए।सहकारीको वर्तमान अवस्था र भविष्यको बाटो विषयमा सहजीकरण गर्दै कतिपय सहकारीहरु सहकारी ऐन नियमलाई वास्ता नगर्ने ,माथिल्लो निकायमा आवद्ध नभई एक्लै खोजेका कारण पछिल्लो समय सहकारीमा समस्या देखिएको ओझाले बताए ।
कार्यक्रमको सहजीकरण गर्दै सहकारी शाखा प्रमुख दाहालले सहकारीमा कर्मचारीहरूको काम ,कर्तव्य र भूमिका विषयमा प्रष्ट पारेको थिए।
सतासीधाम अध्ययन केन्द्रको सभाहलमा सचिव प्रकाशचन्द्र पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा शिवसताक्षी नगरपालिका भित्रका ३१ वटा सहकारी संस्थाका व्यवस्थापक, सह-व्यवस्थापक, लेखापाल, ऋण अधिकृत, बजार प्रतिनिधिहरु गरि ९०जना सहभागीहरूको उपस्थिति रहेको थियो।
सहकारी व्यवसायलाई मूल्यकेन्द्रित, सिद्धान्तनिष्ठ र स्वयम् अनुशासित बनाउन सहकारी अभियान र तीनवटै तहका नियामक निकायहरु परिचालित हुनु अत्यन्त जरुरी छ। यति मात्र होइन, नियामक निकायमा नै सहकारी शिक्षा र क्षमता विकास आवश्यक देखिएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend