logo
शुक्रबार, साउन २९ २०८३

कमलमा ढाका बुनाई तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १४ २०८०

कमल । उद्यमशील महिला जागरण केन्द्र कमलको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोग सन्चालित ३ महिने ढाका बुनाई तालिम एक समारोहका बिच बुधवार सम्पन्न भएको छ ।

गाउँपालिकाको वाडा नम्वर १ स्थित वाँसबाँरी र वाड नम्वर ६ को लखनपुरमा छुट्टाछुट्टै कार्यक्रम गरी तालिम समापन गरिएको थियो ।

तालिममा सहभागीलाई कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, १ नम्वर वडा अध्यक्ष केदार कटुवाल ६ नम्वर वडा अध्यक्ष नरेन्द्र भट्टराई ,प्रमुख प्रसाशकिय अधिकृत राजकुमार शाक्य महिला तथा बालवालिका शाखा प्रमुख रिता कार्की लगायतले सहभागीलाई प्रमाणपत्र वितरण गनुृ भएको थियो ।

तालिममा तालिम सन्चालन भएका वडाका ८४ जना महिला सहभागी रहेका थिए । कार्यक्रम उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend