logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी कमल सभापतिमा चापागाँई


  • उमानाथ भण्डारी
  • सोमबार, चैत्र २० २०७९

कमल । राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाको सभापतिमा चापागाँई चयन हुनुभएको छ ।

आईतवार कमल गाउँपालिका ३ स्थित सिंहदेबी मन्दिरको सभाहलमा सम्पन्न पार्टीको प्रथम भेला सभापतिमा केदारनाथ चापागाँई सहित बाट पालिका स्तरिय १७ सदस्य समिति गठन गरिएको हो ।

त्यस्तै समितिको सचिबमा यज्ञ प्रसाद तिवारी, कोषाध्यक्ष तुलसा चम्लागाई समेत सर्व सम्मत चयन हुनुभएको हो ।
त्यस्तै सदस्यमा यम प्रकास सुब्वा, विष्णु अधिकारी, सिता ओझा, ओम बहादुर विष्ट, मनोज सिवाकोटी, खगेन्द्र राज पौडेल, कृष्ण थापा, दिनेश घिमिरे, विष्णु माया सिटौला, डम्बर बहादुर थापा,पुष्प न्यौपाने, रुद्र भण्डारी, पवित्रा अधिकारी र मातृका ढुंगेल चयनहुनुभएको नवनिर्वाचित सचिव यज्ञ प्रसाद तिवारीले जानकारी दिनुभयो ।
भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं प्रखर वक्ता रमेश प्रसाईले अरुको कुरा काट्ने , जराकाट्ने र टाउको काट्नेहरुले देश बनाउन नसक्ने बताउनु भयो ।
३० वर्ष सम्म अरुले शासन गरेको हेरीयो तर देश र जनताकालागी कुनै पार्टीले केहि नगरेका कारण राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको हो । त्यसैले अब देश र जनाकालागी काम गर्ने बेला आएको प्रसाईले बताउनु भयो ।

देशमा बेतिथी र विशंगती दिनानु दिन बढी रहेको छ । नागरीकहरुको अवस्था झनझन दयनिय बन्दैछ । नेता कुर्सि र सत्ताकालागी मात्र मरिहत्ते गरिरहेका छन् । त्यसैले देश बनाउने जिम्मा अब युवाहरुको काँधमा आएको पार्टीका जिल्लासह संयोजक प्रकास पाठकले बताउनुभयो।

राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिकाका सभापति केदारनाथ चापागाँइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, प्रदेश सदस्य एवं प्रशिक्षण विभाग प्रमुख नारायण घिमिरे, झापा जिल्ला संयोजक उमेश खरेल, प्रदेश सदस्य, पालिकाका सभापति तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको ।
कार्यक्रम शम्भु सुस्केराले सन्चालन गर्नु भएको थियो भने तुलसा चम्लागाईले शाश्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend