कमल ÷ पतन्जलि योग समिति कमलको आयोजना तथा कमल गाउँपालिका ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोगमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।
“गरौं योग, बनौं निरोग” भन्ने नाराका साथ कमल गाउँपालिका ३ स्थित केर्खा बजारको खुल्ला सडकमा सुरु भएको निःशुल्क शिविरको ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले उद्घाटन गर्नु भएको शिविर दैनिक विहान सवा ४ बजे देखी सवा ६ बजे सम्म सन्चालन रहने कार्यक्रम संयोजक मोहनलाल खनालले बताउनु भयो ।
पछिललो समय विभिन्न प्रकार रोगका कारण मानिसमा धेरै समस्या आउन थालेको छ , त्यस बाट बच्ने एक मात्र उत्तम उपाय भनेको योग साधना हो । योग कै माध्यम बाट आफ्ना वडावासीलाई स्वस्थ्य राख्नकालागी शिविर सन्चालन गरिएको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालाले बताउनु भयो
शिविरमा उपस्थित सहभागीलाई पहिलो दिन पतन्जलि योग समिति कोशी प्रदेशका महामन्त्री लक्ष्मिप्रसाद काफ्लेले दैनिक रुपमा गरिने आशन,प्रणायान, ध्यान र आहार विहारले मानव शरिरमा पुग्ने फाईदाका विषयमा सहभागीलाई जानकारी गराउनु भएको थियो ।
पतन्जलि योग समिति कमलका अध्यक्ष कृष्णप्रसाद ओझाको अध्यक्षतामा सम्पन्न शिविर उद्घाटन कार्यक्रममको सन्चालन पतन्जलि योग समिति कमलका महामन्त्री तिलोचन गौतमले सन्चालन गर्नु भएको थियो ।
शिविरमा विध्यालयमा स्थानिय वासीका साथै विध्यार्थि , शिक्षक, अभिभावक लगायत स्थानियको उपीथती रहेको थियो ।