logo
शुक्रबार, साउन २९ २०८३

पयोस कोशी प्रदेशले गर्यो रामदेवले सन्यास धारण गरेको दिनमा विभिन्न कार्यक्रम


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र १६ २०७९

कमल । पतन्जलि योग समिति नेपाल कोशी प्रदेशलले आज राम नवमी पर्व तथा परम पुज्य योग ऋषि स्वामी महाराज रामदेवले सन्यास धारण गरेको दिनको अवसरमा विभिन्न कार्यक्रमगरी मनाएको छ ।
महिला पतन्जलि योग समिति झापाका अध्यक्ष प्रेमकला निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दैनिकि साधना ,यज्ञ ,भजन, स्वामी जीको सुस्वास्थ्य,दिर्घायुको शुभकामनाका लगायतका कार्यक्रम गरि मनाएको हो ।
कार्यक्रमा पतन्जलि योग समिति कोशी प्रदेशका प्रभारी मिष्टर प्रसाद चौधरी, झापाका अध्यक्ष देबी प्रसाद घिमिरे, पाँचथर अध्यक्ष हरी प्रकास सुवेदी,मोरङ्ग अध्यक्ष सुरेस अग्रवाल,महिला पतन्जलि योग समिति विराटनगरका मन्त्री यशोदा पराजुली, सुनसरी अध्यक्ष सुशिला उदास, दमक नगर समिति सदस्य गोमा ओडारी,बिराटनगर नगर समिति उपाध्यक्ष कुमारी तामाङ्ग, शुभाष बिष्ट ,सुमनमान स्थापित ,झापाका मिडिया प्रभारी उमानाथ भण्डारी , लगायतले स्वामी रामदेवको सुस्वस्थ्य दिर्घायुको कामना सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
त्यस्तै झापा ,मोरङ,सुन्सरी ,उदयपुर ,संखुवासभा,पाँचथर,ताप्लेजुङ लगायतका जिल्ला बाट यज्ञ हवनका साथै भजन समेत प्रस्तुत गरिएको थियो ।
पतन्जलि योग समिति नेपाल कोशी प्रदेशका महामन्त्री लक्ष्मी प्रसाद काफ्लेले सन्चालन गर्नु भएको भने प्रविधिको माध्यम बाट कार्यक्रममा उपस्थित हुनुभएका सहभागीलाई कोशी प्रदेश सदस्य मिना कोइरालाले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य गर्नु भएको थियो ।
पतन्जलि योग समिति नेपाल झापा गाउँपालिकाका अध्यक्ष रुपक बजगाँईले कक्षा सन्चालन गर्नु भएको थियो भने प्राबिधि तर्फ पार्बती राउत, तारा प्रसाद चौधर, रामप्रीत मेहत्ता, ,चन्द्रा हल्वाइ लगायतको टिमले ब्यबस्थान गरेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend