कमल ÷ झापाको कमल गाउँपालिका ५ स्थित गुहेस्वरी सामाजिक संस्थाले आफ्नो प्रथम साधारणसभा सम्पन्न गरेको छ ।
गुह्यश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले युवाहरुले जोस जागरका साथ स्थापना गरको यस सस्थालाई विभिन्न कार्यक्रमका लागि सहयोग गर्ने आश्वासन दिनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष साथै सो कार्यक्रमका सभापति गोपाल बहादुर निरौलाले सङठनिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सस्थाका कोषाध्यक्ष नवीन भट्टराईले पेश गरेको आर्थिक प्रतिवेदन पनि सर्वसम्मत बाट पारित भएको थियो ।
उक्त कार्यक्रम मा कमल गाउँपालिका ५ नम्बर वडाका पूर्व वडा अध्यक्ष डम्बरबहादुर निरौला ,लगनशील कृषि सहकारी संस्थाका अध्यक्ष गोविन्द खनाल, स्वास्थ्य अधिकृत बिमल थापा ,गुह्येश्वरी आधारभुत विद्यालय व्यवस्थापन समितिका निमित्त अध्यक्ष विष्णुप्रसाद पौडेल, लेखापरीक्षण संयोजक नन्दकुमार नेउपाने, विद्यालयका सहायक प्र.अ विष्णुप्रसाद खनाल लगायत समाजसेवी ,शिक्षाप्रेमी ,आमा समूह, कृतन मण्डलीको उपस्थित रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गोपाल बहादुर निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन भएको निर्वाचित उपाध्यक्ष देवेन्द्र कुइकेलले जानकारी दिनु भयो ।