logo
शुक्रबार, साउन २९ २०८३

पतंजलि योग समिति झापाको संगठन सुदृढीकरण ः अध्यक्षमा घिमिरे


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन २४ २०७९

कमल ÷ पतन्जली योग समिति झापाले मंगलवार एक कार्यक्रमका बिच जिल्ला सम्मेलन तथा होली मिलन कार्यक्रम कार्यक्रमका साथै संगठन सुदृढीकरण गरेको छ ।
पतन्जली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यतामा तथा झापा जिल्लामा रहेका योग शिक्षकहरको उपस्थितीमा झापामा रहेको संगठनलाई अझ प्रभावकारी बनाउनकालागी तत्काल रहेको समितिमा नयाँ सदस्य थपगरी समितिलाई सुदृढीकरण गर्दै १९ सदस्यीय पदाधिकारी चयन गरिएको छ ।
समितिको अध्यक्षमा देबि प्रसाद घिमिरे उपाध्यक्ष कैलाश डागि , महामन्त्री शुशिल निरौला , संगठन मन्त्री रुद्र ओली , कोषाध्यक्ष जगन्नाथ खनाल, मन्त्री निर्मल बास्तोला , मिडिया प्रभारी उमानाथ भण्डारीलाई चयन गरीएको कोशी प्रदेश महामन्त्री लक्ष्मी प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यमा दुर्गाप्रसाद भण्डारी , कृष्ण प्रसाद ओझा,हरि पाठक, लक्ष्मी प्रसाद ढुङ्गाना, तेज मणि प्रसाइ टीकाराम उप्रेती , रुपक बजगाइ,हरि कार्की , टीका प्रसाद कट्टेल ,नारायण ढकाल , राजकुमार राजवंशी लाई चयान गरिउको काफ्लेले जानकारी दिनुभयो ।

त्यसैगरी देविचरण भण्डारीको संयोजकत्वमा ९ सदस्य सल्लाकार समिति चयन भएको छ । समितिको सदस्यमा फणिन्द्र भट्टराई,समिन रिजाल,विक्रम कार्की,ज्वाला निरौला,धनकेशर बस्नेत,नारद प्याकुरेल,भोजराज ढकाल, कृष्ण चुडाल छनौट हुनु भएको छ ।
होली मिलन तथा संगठन सुदृढीकरण कार्यक्रममा केन्दिय सदस्य टिका प्रसाद खतिवडा, युवा संयोजक लोकनाथ खनाल, कोशी प्रदेश प्रभारी आदरणीय मिस्टर प्रसाद चौधरी संगठन मन्त्री बिस्नु आचार्यलगायतको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend