logo
शुक्रबार, साउन २९ २०८३

अवैध बाख्रा र पिकअप सहित २ जना व्याक्ति प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन ११ २०७९

कमल । अवैध बाख्राहरु र पिकअप सहित २ जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा गाउँपालिका १ लसुना स्थित नेपाल भारत सिमा क्षेत्रमा बाट ईलाका प्रहरी कार्यालय कुमरखोद बाट खटिएको प्रहरी टोलीले शंका लागी चेक जाँच गर्दा नेपालबाट भारत तर्फ लैजादैं गरेको बाख्रा र सो बाख्रा ढुवानीमा प्रयोग गरेको मे.१ च.४७३३ नम्बर को पिकअप गाडी सहित दुई जना व्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध रुपमा नेपालबाट भारत तर्फ लैजादैं गरेको अवस्थामा ३१ बटा बख्रा नियन्त्रणमा लिएको र नियन्त्रणमा लिएको बाख्रमाको अन्दाजी मुल्य ७७ हजार ५०० रहेको तथा
ढुवानिमा प्रयोग गरिएको गाडीको अन्दाजी मुल्य १० लाख गरी जम्मा १० लाख ७७ हजार ५ सय रुपैया रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी सोही गाडीका चालक झापा गाउँपालिका १ निवासी वर्ष २६ का सेख असरत र सोहि ठाउँ निवासी वर्ष २९ का रकमुदिन मियालाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागीे मेचि भन्सार कार्यालय काकरभिट्टा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend