कमल । कमल गाउँपालिका गाउँपालिका ३ नम्वर वडा कार्यलयको आर्थिक साहयोगमा तथा समावेशी महिला शसक्तिकरण केन्द्रद्वारा गुडिया बनाउने १५ दिने निःशुल्क तालिम उद्घाटन भएको हो ।
केन्द्रकी अध्यक्ष शृजना पौडेलको अध्यक्षतामा सम्पन्न तालिमको वडाध्यक्ष अग्निप्रसाद कोइराला गर्नु भएको थियो ।
कमल गाउँपालिमाख सामाजिक गतिबिधीहरु सञ्चालन गर्दै आएको केन्द्रले स्थानीय तहमा छुट्टै पहिचान बनाएको छ । कोभिड का समयमा आफैले उत्पादन गरि मास्क बितरण र कोरोना कहर बारे जनचेतना मुलक कार्यक्रमहरु, केर्खा बजार सरसफाई, सिलाई बुनाई तालिम, केर्खा बजार डिभाईडर–बाटिकामा फुल÷बेर्ना रोपणलगायतका गतिविधी सन्चालन गदै आएको छ ।
कार्यक्रम सस्थाकी सचीव भगवती राईले सचालन गर्नुभएको थियो भने केन्द्रकी उपाध्यक्ष उसा भण्डारीले स्वगत मन्तव्य राख्नुभएको थियो । तालिममा ११ जना सहभागी रहेने छन् ।