कमल । कमल गाउँपालिकाको ३ नम्वर वडा कार्यालयको आर्थिक सहयोग तथा उद्यमशील महिला जागरण केन्द्र को प्राविधिक सहयोगमा एक हप्ते निःशुल्क सेनेटरी प्याड निर्माणको उद्घाटन भएको छ ।
आज बाट सुरु भएको तालिमको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
एक हप्ता सम्म सन्चालन हुने तालिमा ३ नम्वर वडाका २० जना महिला सहभागी हुने आयोजक ले जनाएको छ ।
सेनेटरी प्याड खरिदमा बर्सेनी लाखौं रुपैया खर्चहुने भएकोले त्यसलाई न्युनिकरण गर्दै गाउँपालिकामा रहेका महिलालाई उत्पादनशिल क्षेत्रमा लगाउदै आयआर्जन गरी महिलाको जिविको पार्जनका लागी सहजता ल्याउन सकियोस भन्ने उद्येश्यीयले तालिम आयोजना गरिएको कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो ।

उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहाल उप्रतीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा ३ नम्वर वडा सदस्य एङ्गल गुरुङ्ग, शन्त मगर , महिला सदस्य भगावती राई, केशरा वर्देवा, महिला तथा वालवालिका शाखा प्रमुख रिता कार्की ,प्रहर िचौकी केर्खाका ईन्चार्ज शुवास मिश्र ,कमल नगर जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्की लगायतको उपस्थिती रहेको थियो ।
सस्थाकी सदस्य नन्दा लिम्बुले सन्चालन गरेको कार्यक्रमका सहभागी अतिथीलाई कोषाध्यक्ष बविता वाग्लेले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।