कमल । कमल गाउँपालिका स्तरिय गौतम समाजको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको आईतरवार दोस्रो साधारण सभाले आगामी कार्यकालमालागी उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थराज गौतम र कोषाध्यक्षमा रञ्जना गौतम सर्वसम्मत चयन भएका हुन् । भने सदस्यहरुमा सुमन गौतम, भूपेन्द्र गौतम, सुमन गौतम, रमेश गौतम र सन्तोष गौतम चयनभएको समाजले जनाएको छ ।

साथै साधारणसभाको अवसरमा भेलाले आसन्न माघ २१ गते हुने गौतम बन्धु जिल्ला अधिवेशनका लागि ओमप्रकाश गौतम, सुमन गौतम, दिपक गौतम, तिर्थराज गौतम र दिपा गौतमलाई प्रतिनिधि समेत छनोट गरेको छ ।
गौतम समाज कमलका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा सम्पन्न साधारणसभामा गौतम समाज दमक नगर अध्यक्ष दुर्गाप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
समाज सचिव ओमप्रकाश गौतमले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण गौतम, छविलाल गौतमका साथै कमल गाउँपालिका क्षेत्रका गौतम बन्धुहरुको उपस्थिति रहेको थियो ।