कमल । बैंकिङ कसुर मुद्धामा एक फरार व्याक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका २ चारपाने निवासी ३९ वर्षिय सागर प्रसाद सेलवाल रहेको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनले २०७७ साल माघ १९ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्धामा फरार रहेका सेलवाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले विहिवार पक्राउ गरी फैसला कार्यन्वयनकालागी झापा जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेश बमोजिम निज व्याक्तिलाई कैद भुक्तानको लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सेलवाललाई ३ दिन कैद सजाएका साथै ३ लाख रुपैया जरिमाना र पिडितको राहात कोषमा १२ हजार रुपैया जम्मा गर्नुपर्ने आदालतले आदेश दिएको छ ।