ईलाम । इलामको चुलाचुली गाउँपालिका वडा नं १ को सिमा संग जोडिएको सताक्षी धाम धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने घना जंगलको बाटो मा करिब दुई महिना देखी वेवारीसे अवस्थामा अवस्थामा एक वृद्धालाई गोठालाहरूले भेटे पछि स्थानीय समाजसेवी दिल कुमार फागो को पहलमा स्थानीयले उद्दार गरेका छन्। बेहोस अवस्थामा भेटिएको परिचय खुल्न नसकेको वृदलाई स्थानीयबासीले दैनिक हेरचाह र खानपान को व्यबथा गरी हिँडडुल गर्न र सामान्य बोल्न सक्ने अवस्थामा पुर्याउँदा समेत चुलाचुली गाउँपालिका १ न वडा सरकार बेखबर बनेको स्थानीयको आक्रोशमा दिलकुमार फागो ले भने उक्त घटनाको जानकारी पटक पटक गराउँदा पनि १ न वडा अध्यक्ष पूर्ण लावती ध्रुव ले उद्दार गरिएको वृद् आफ्नो क्षेत्र भित्र फेला नपरेको र वडा भित्रको नभएको भन्दै मानवीय समवेदना संग जोडिएको यस्तो संवेदनशीलता लाई बेवास्ता गर्दै वडा सरकारको दायित्व बाट भाग्न खोजेको गुनासो गरे ।
त्यही प्रसंगमा स्थानीय शिक्षक गणेश न्यौपानेले अधिकार खोज्ने समय मा वडा अध्यक्ष ले उक्त धार्मिक तथा पर्यटकीय स्थल आफ्नो क्षेत्र भित्र रहेको दाबी गर्ने र जिम्मेवारी र दायित्व बहन गर्नु पर्दा अरूको क्षेत्र भनेर पन्सिने दोचारे व्यवहार प्रति असन्तुष्टि व्यक्त गरे। पुस महिनाको जाडोबाट निज बृद्लाई जोगाउन थप लत्ता कपडा र ओढ्ने ओछ्याउने कुराको आवश्यकता भएकोले सन्तोष थाम्सुहाङ को आग्रहमा चुलाचुली गाउँपालिका वडा नं २ निवासी सामाजिक अभियन्ता, युवा समाजसेवी अनुप अधिकारी ले उक्त व्यवस्थापन गरिदिए।

अहिले सम्म वृद्को आफन्त पत्ता लाग्न नसकेको र वडा सरकार समेत जिम्मेवार बन्न नसकेको कारण तिबोम्बा टोल बसीहररु द्वारा दैनिक खानपिन र हेरचाह गरिरहेको भएता पनि यो दीर्घकालीन समस्या समाधान नभएको हुँदा सबै बुद्दीजिवि,समाज सेवी मिलेर यस समस्याको दीर्घकालीन उपचारमा जुट्न स्थानीय तिलक फागोले अनुरोध गर्नुभयो। त्यस्तै गरी सामाजिक सञ्जाल र मीडियाको माध्यमद्वारा वृदको आफन्त सम्म यो कुरो पुर्याउनु पर्ने सामाजिक दायित्व आम नागरिक को रहेको अवगत स्थानीय बुदिजिवि हरी फागो ले गराउनु भयो।