logo
मंगलबार, कार्तिक ११ २०८३

दमक अस्पताल भित्र देखिएको वेथिती विरुद्ध माओवादी केन्द्रले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको छ


  • मनकुमार गदाल
  • शुक्रबार, पुष २२ २०७९

दमक । दमक अस्पताल भित्र देखिएको वेथिती १५ दिन भित्र हल नगरे नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) दमक नगर समितिले थप संघर्षको कार्यक्रम गर्ने चेतावनी दिएको छ ।
दमक नगरपालिकाका नगर प्रमुख राम थापालाई माओवादी केन्द्रले आज ज्ञापन पत्र बुझाएर अस्पताल भित्र भएको अस्तब्यस्त अब्यवस्थालाई हल नगरे त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
झापाको दमक स्थित नगर पालिकाको नगर प्रमुखको सभा कक्षमा माओवादी केन्द्रका दमक नगर इन्चार्ज बेदु गौतमले नगर प्रमुख थापालाई ज्ञापन पत्र बुझाएको पार्टीको नगर अध्यक्ष कुल बहादुर बस्नेत९रवि०ले जानकारी दिनु भयो ।
अस्पताल भित्रको अस्तब्यस्त अवस्थालाई सामधान गर्नु पर्ने ,अस्पताल ब्यवस्थापन समिति तुरुन्त गठन गर्नु पर्ने ,दमक अस्पताल सञ्चालन गर्न स्थानिय सरकार असफल भएको हुदा प्रादेशिक अस्पताल निर्माण गर्न तुरुन्त निर्णय गरी सिफारिस गरियोस भन्ने माग अध्यक्ष बस्नेत र इन्चार्ज गौतम द्धारा जारी ज्ञापन पत्रमा उल्लेख छ । तपाईहरुले उठाएको माग प्रति मेरो गम्भीर ध्यानकर्षण भएको छ ,नगर प्रमुख थापाले भन्नु भयो –समस्या सामधान गर्न पहल गर्ने छु ।
हिजो चुनावमा गठबन्धन गरेर नगर प्रमुख र उपप्रमुख जिताए पनि माओवादी केन्द्रलाई निषेधको राजनीति गरेको पार्टीको दमक नगर समिति अध्यक्ष बस्नेतले आरोप लगाउनु भयो । अस्पताले दिने सेवामा चरम लापरवार्ही गरेको ,ल्याव बन्द रहेको र स्वास्थ्य विमावाट पाउने औषधी नपाएको सेवाग्राहीको गुनासो प्रति वेवास्ता गरेको अवस्था रही रहे माओवादी पार्टी रमिते मात्र नबन्ने नगर प्रमुख थापालाई इन्चार्ज गौतमले चेतावनी दिनु भयो ।
माओवादी केन्द्रको अध्यक्ष रविको टोलीले दमक अस्पतालमा पुगेर अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर निरज आचार्यलाई सोही ज्ञापन पत्रको बोधार्थ बुझाएको छ । बोधार्थ दिएको पत्र बुझेपछि सेवाग्राहीलाई सक्दो सरल प्रभावकारी सेवा दिने अनुरोध गरे अनुसार सेवाग्राहीलाई सहज सेवा दिने प्रतिवद्धता जाहेर गरेको डाक्टर आचार्यले बताउनु भयो। माओवादी केन्द्रले गत जेठ २६ गते पनि नगर पालिकालाई ज्ञापन पत्र बुझाएको जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend