logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा उधौली रचासोक तङ्नाम २०७९ सालको भव्यताका साथ सम्पन


  • वसन्तराज सुब्बा
  • बुधबार, पुष ६ २०७९

कमल । कमल गाउँपालिकामा उधौली रचासोक तङ्नाम २०७९ सालको भव्यताका साथ सम्पन भएको छ।

किराँतीहरुको महान चाड उधौली पर्बको अवसर किराँत यक्थुङ चुम्लुङ कमल गाउँपालीका कार्यसमितिको आयोजकमा पौष २ गते किराँत यक्थुङ चुम्लुङ केंद्रीय सदस्य चन्द्र कला लिम्बुको प्रमुख अतिथिमा कार्यक्रम सु सम्पन भएको थियो ।
बिशेष गरि किरातीहरुले मनाईने नेपाली चाड उधौली रचासोक तङ्नाम ५०८२ यस पालि पनि कमल ३ स्थित केरखा बजारको उत्तर भागमा पर्ने खेल मैदानमा बिगत बर्ष हरु जस्तै यहीँ पौष २ गत्ते शनिबारका दिन बिभिन्न सास्कृतिक झाकी नृत्य प्रस्तुतिका साथ नेपालको पुर्बी क्षेत्रमा ठूलो सङ्ख्यमा रहेको लिम्बू समुदायको बिबिध मौलिक संस्कार संस्कृती धुमधामका साथ कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले कार्यक्रमलाई सम्बोधन गर्दै चासोक तङ्नाम न्वाङगी पुजा  आफ्नो जमिनमा उत्पादन भएको अन्नबालि पाकेपछि प्रकृतिलाई चडाएरमात्र खाने गरिएको दिनलाई चासोक तङ्नाम भनिन्छ ।
त्यसैगरीकिराँत याक्थुङ् चुम्लुङ् कार्य समिति कमल गाउँपालिका , व्यवस्थापन सबै टीमलाई धन्यवाद दिदै धर्तिमा उत्पादन भएको अन्न सबै भन्दा पहिले लिम्वुले आफु चाखेर मात्र यो खानयोग्य छ भनेर अन्यजातिलाई खान सिकाएकोे दिनको सम्झनामा यो पर्ब मनाउन थालिएको बताई बताउनु भयो । त्यस्तै चासोक तङनाम औचित्य बारे प्रष्ट पार्दै किराँत याक्थुङ् चुम्लुङ् जिल्ला कार्य समिति सल्लाकार सुर्य प्रसाद लिम्बुले यो पर्व हामी एक महिना सम्म रमाईलो गरि मनाउने गर्दछौ ।चासोक तङ्नामको अर्थ हुन्छ न्वाङगी पुजा यो चाडपर्व व्यापक रुपमा मनाउने गरिन्छ पर्व मनाउन नेपाल सरकारले दिएको निर्धारित विदाले मात्र पुग्दैन । त्यसैले आज बृहत कार्यक्रम गरेर यो कार्यक्रम समापन गरिने बताउनु भयो ।

किरात याक्थुङ चुम्लूङ झापा जिल्ला अध्यक्ष सेशे हाङ फियाक , हङकङ निवर्त्तमान अध्यक्ष एवम सफल व्यवसाय त्रिभुवन लुम्फुङ्वा, आदिवासी जनजाति महासंघ कमलका पूर्व अध्यक्ष छत्रहाङ फागो लगायतले आफ्नो मंतव्य राख्नु भएको थियो ।
त्यसैगरी लिम्बू सास्स्कृतिक वडा(स्तरिय च्याभ्रुङ प्रतियोगिता वडा स्तरीय विजेतालाई नगद पुस्कार प्रदान गरिएको थियो । प्रथम कमल ३ नगद रु १०००० दोस्रो कमल ७ रु ८००० त्यसैगरी तेस्रो कमल ।४ विजेता रु ५००० नगद पुस्कार त्यसैगरी सान्त्वना पुरस्कार
३०००र हजार प्रदान गरिएको थियो भने हाक्पारे प्रतियोगितामा प्रथम दमकका इन्द्र कुमारी लिम्बु ,
छेलो प्रतियोगितामा प्रथम चुलाचुली वार्ड १ सुमन लिम्बु , नत्य प्रथम टोली कमल वार्ड ७ लाई सम्मान साथ पुरस्कार प्रदान गरिएको छ भने चासोक तङनाम कार्यक्रमका संयोजक भीम लावती , व्यवस्थापन डाकुमेंट संयोजक बसन्त राज सुब्बा , कलाकार व्यवस्थापन सरक्षण संयोजक गोपाल साम्रा ,स्वयमसेवक संयोजक सूरज लिम्बु , आर्थिक संयोजक शान्ता लिम्बु , प्रचार संयोजक हर्कसिंह लिम्बु , लिम्बु चलचित्र नायिका बबिता फम्बो लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । भने
हङकङ संगोय्गार्थ संयोजक त्रिभवन लुफुङवा बाट २०७९ चासोक तङनाम कार्यक्रमलाई चेक बाट एक लाख चेक हस्तातरण गर्नु भएको थियो १

राष्ट्रीय कलाकारहरुमा चर्चित गायक ९ नेपाली तारा दिपक लिम्बु , कलाकार सुनीता सन्यक लिम्बु , भ्वाई अफ किड्स फाईनलिष्ट रूक्सना लिम्बु, द भ्याईस अफ नेपाल फाईनलिष्ट विकास लिम्बु, नेपाल सिंगीङ स्टार फाईनलिष्ट सिद्रान्त खड़का , नृत्य कलाकार लक्ष्मी योङहाङ , अनिस लावति , सजना पृकृटी लगायतको प्रस्तुति रहेको कार्यक्रमका संयोजक भीम लावतिले जानकारी दिनु भयो ।
अतिथिहरु किरात याक्थुम चुम्लुङ जिल्ला सल्लाकार इन्द्र सोदेम्बा, मन कुमार थलङ , कमल सल्लाकार बल नाथ नाल्बो,   बिरेन्द्र याक्थुम्वा महिला समावेश सशक्तिकरण संस्था अध्यक्ष सिर्जना निरौला, पूर्व अध्यक्ष गौरा चापागाई , वार्ड २ अध्यक्ष अशोक लिम्बु , प्यासन जिल्ला अध्यक्ष गौरीमान फागो , वार्ड द्द अध्यक्ष अग्नि प्रसाद कोइराला, आदिबाशी जनजाति महासंघ बदी राई लगायत उपस्थित रहेको थियो

कार्यक्रमको सभापतित्व किरात याक्थुङ चुम्लूङ कमल गाउँपालिका अध्यक्ष दिवस लिम्बु थिए भने संचालन चुम्लूङ कमलका सचिब शुक्र लिम्बु , सङशेर प्रन्धकले गरेका थिए । स्वागत मतव्य उपाध्यक्ष हर्कसिंह लिम्बुले गरेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend