कमल । झापाको दकम ५ मा रहेको विर्ताज्योति आँखा अस्पतालले आँखा सम्बन्धिका थप सेवा विस्तार गरेको छ ।
२०७६ साल देखी आँखाका विरामीकालागी सहजरुपमा सेवा प्रदान गर्ने उद्येश्यले दमकमा स्थापना भएको अस्पतालले पछिल्लो समय आँखाका विरामीकालागी थप सेवा विस्तार गरेको अस्पतालले जनाएको छ ।
आँखाका विरामी दिन प्रतिदिन बढ्दै गएको र विरामीलाई नयाँ प्रविधी मार्फत सेवा प्रदान गर्नकालागी अस्पतालले ओसिटी र अर्थोअप्टिक्स लगायतमा सेवा विस्तार गरेको अस्पतालका मेडिकल डाईरेक्टर तथा नेत्र रोग विशेषज्ञ डाक्टर राजेश प्रधानले बताउनु भयो ।
पछिल्लो समय अस्पतालमा आँखाको भित्री पर्दा (रेटीना) आँखाको मसल सम्बन्धि समस्या ,टेडो आँखाको उपचार लागाएतका समस्याको समेत सहज र सरल रुपमा उपचार गर्नुका साथै आगामी दिनमा आँखाका विरामीकालागी थप सेवा प्रदान गर्दै जाने डाक्टर प्रधानले बताउनु भयो ।
दमकका रहेको विर्ताज्योति आँखा अस्पताल बाट आँखा सम्बन्धि सम्पुर्ण सेवा प्रदान गरिरहेकोले दमक तथा दमक आसपास क्षेत्रका विरामीले अब आँखा उपचारकालागी अन्यत्र जानु नपर्ने अस्पतालका सिनियर नेत्र अधिकृत कर्ण नाथ योगीले जानकारी दिनुभयो ।