logo
शुक्रबार, साउन २९ २०८३

एनएमसी केर्खा उपइकाइगतको साधारण सभा सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, मंसिर २२ २०७९

कमल । नेपाल बहुृद्देश्यीय सहकारी संसथा लिमिटेड (एनएमसी)ले ३० औं वार्षिक साधारण सभामा अन्तर्गत आज केर्खा उपइकाइगत साधारण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवि मन्दिरको सभाहलमा सम्पन्न साधारण सभाको कमल गाउँपालिका ३ नम्वर वडा अध्यक्ष अग्निप्रसाद कोईरालले उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा सञ्चालक समिती सदस्य सीता कुमारी श्रेष्ठले सञ्चालक समितीका तर्फ बाट तयार परिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत गरिएको प्रतिवेदनमा हाल सस्थाले वित्तीय कारोवारका साथै विभिन्न व्यवसायीक एकाई मार्फत सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।जस अन्तर्गत डेरी व्यवसाय , एकीकृत नमुना कृषी फर्म, सहकारी पसल, चिया व्यवसाय लगायतका व्यवसाय सन्चालन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१ लाख ३५ हजार सदस्य रहेको सहकारीले सदस्यको मृत्यु भएमा ५० हजार राहत सुविधा प्रदान गर्दै आएको छ । त्यस्तै सदस्यका परिवारमा मृत्यु भएमा शुद्धयाई खर्च वापत १० हजार रुपैया , दुर्घटनाका कारण सदस्यको मृत्यु भएमा १० लाख रुपैया सम्मको दुर्घटना विमा , सदस्यको घरमा प्राकृतिक प्रकोप भएमा २५ हजार रुपैया सम्मलगायतका सुविधा प्रदान गर्दै आएको सस्था प्रस्तुत प्रतिवेदनमा जनाईएको छ ।
त्यस्तै आन्तरिक लेखा सुपरीवेक्षण समितीको प्रतिवेदन कर्पाेरेट कार्यालयकी सामुदायीक विभाग प्रमुख हिरन कट्टेलले प्रस्तुत गर्नु भएको थियो । साधारण सभाले आगामी पुस २ गते सम्पन्न हुने अन्तिम साधारण सभा तथा माईन्युट प्रमाणीकरणकालागी प्रतिनिधी समेत छनौट गरिएको थियो ।
केर्खा उपइकाइगत सेवा केन्द्रका संयोजक लोकनाथ खनालको अध्यक्षतामा सम्पन्न साधारण सभा को सन्चालन सेवा केन्द्र प्रमुख विनिता बस्नेतले गर्नु भएको थियो भने सेवा केन्द्र सन्चालक समिती सदस्य शान्ता दाहालले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend