logo
शुक्रबार, साउन २९ २०८३

राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ कमिटीले सुरूगर्यो बुथ कमिटी गठन


  • कुइनेटो न्युज
  • शनिबार, कार्तिक १२ २०७९

कमल । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु कमल गाउँकमिटीले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचन अन्तर्गत कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयमा रहेको मतदान केन्द्रकालागी आवश्यक बुथ कमिटी गठन गरेको छ ।
वडा नम्वर ३ स्थित निर्वाचन परिचाल कमिटीको सम्पर्क कार्यलयमा भएको भेला बाट प्रकास आङ्गवो, बेदनिधी पौडेल, सविन बुढाथोकी, पदम खतिवडा, सविन घिमीरे डिल्लि न्यौपाने,विक्रम नाल्वो,दिनेश मगर,पुजा राई लगायत १०० जना भन्दा बढीको बुथ कमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल कमल गाउँ   कमिटी सदस्य जिवन सापकोटाले जानकारी दिनुभयो ।
त्यस्तै निर्वाचनका समयका काम गर्न सहजताकालागी बुथ कमिटी सचिवालय समेत गठन गरिएको छ । जसमा वडा नम्वर ३ मा रहेका ९ वटा टोल कमिटी बाट प्रतिनिधित्व हुनेगरी सविन गुरुङ्ग, कृष्ण मिश्र, मुकेश ठाकुर, माधव गुराँगाई,कमल गुरुङ्ग सुरेन्द्र फागो लगायत ३१ सदस्य सचिवालय गठन गरिएको   सापकोटाले जानकारी दिनुभयो ।


पार्टीको निर्देशन अनुसार प्रत्येक निर्वाचन बुथमा न्युनतम एक सय जना युवा रहेको निर्वाचन बुथ कमिटी गठन गर्नु पर्ने भए अनुसार आज वडा वडा नम्वर ३ मा गठन गरिएको समेत सापकोटाले जानकारी सिदनुभयो ।
अनेरास्ववियु कमल गाउँकमिटी अध्यक्ष प्रकास आङ्गवो, को अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिती सदस्य तथा झापा निर्वाचन क्षेत्र नम्वर ५ (१) का निर्वाचन परिचालन कमिटीका संयोजक चक्र गुरुङ्गले जनताका जनजिविकाका विषय तथा राष्ट्र र राष्ट्रियताका पक्षमा वकालत गर्ने पर्टी एमाले मात्र भएकोले एमालेका तर्फ उमेद्वर भएका सम्पुर्ण उमेद्वारलाई मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा सबैलागे विजयी गराउन अनुरोध गर्नु भयो । त्यसैगरी प्रदेश कमिटकिा सल्लाकार तथा वडा नम्वर ३ का निर्वाचन परिचाल कमिटी संयोजक चन्द् कुमार पोख्रेल , गाउँकमिटी उप सचिव विरेन्द्र अधिकारी तथा वडा कमिटीका पदाधकिारीको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend